Tuesday, October 26, 2010

रौतहटको गौर अस्पतालमा दुई विरामीमा डेंगु रोग फेला, बुटवल आसपासका क्षेत्रमा हालसम्म ४२ जनामा रोगको संक्रमण

रुपन्देहीपछि रौतहटमा समेत डेंगु फेला परेको छ। रौतहटको गौर अस्पतालमा उपचार गराउन आएका दुई विरामीमा डेंगु रोग फेला परेको हो।रौतहट मठियाका २४ बर्षिया शेख अजिजको रगत परिक्षण गर्दा डेंगु लागेको पुष्टि भएको अस्पतालले जनाएको छ।भारतको नयाँ दिल्लीको एक कारखाना कार्यरत अजिज केही दिन अघि विरामी परेपछि सामान्य उपचार गराएर घर फर्किएका थिए। त्यसैगरी गौर नगरपालिका वडा नं. १० बस्ने १८ वर्षिय तौकिर अहमद पनि डेंगु बाट प्रभावित भएको पुष्टि भएको छ। उनी पनि भारतबाट भर्खरै घर फर्केका हुन्। उता रुपन्देहीको बुटवल आसपासको क्षेत्रमा डेंगुको प्रकोप फैलिएपछि काठमाडौबाट गएको विशेषज्ञसहितको टोलीले अध्ययन, अनुसन्धान सुरु गरेको छ। टोलीले यस क्षेत्रमा डेंगु रोग बढ्नुको कारण र रोग नियन्त्रणका उपायका बारे सो क्षेत्रका स्वास्थ्य संस्थाका प्रतिनिधिसँग छलफल गरेको छ।। इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सक विश्वराज खनाल र पुरुषोत्तम पौडेल नेतृत्वको टोलीले रोगबाट बढी प्रभावित बुटवलको मैनानगरस्थित विभिन्न क्षेत्रमा लामखुट्टेको अध्ययन गरेको छ। टोलीले बुटवल नगरका २५१ टोल विकास समितिका पदाधिकारी तथा महिला स्वयमसेवकहरुलाई डेंगु रोगबारे प्रशिक्षण दिएको छ। यसैगरी लुम्बिनी अञ्चल अस्पताल बुटवलमा डेगुंका लक्षण देखिएका विरामीलाई निःशुल्क परीक्षण गरी औषधिसमेत वितरण गरेको छ। बुटवल आसपासका क्षेत्रमा हालसम्म ४२ जनामा रोगको संक्रमण फेला परेको छ। उनीहरुको काठमाडौं र चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

Total Pageviews