Saturday, October 9, 2010
मकालु एअर कार्गो विमान सिमीकोटमा दुर्घटना
सुर्खेतबाट हुम्लाको सिमीकोट जादै गरेको मकालु एअरको कार्गो विमान हुम्लाको सिमीकोटमा दुर्घटना भएको छ। नाइन एन ए जे जी नम्बरको विमान बिहान साढे सातबजे सिमीकोट विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो। अवतरण गर्ने क्रममा ब्रेक फेल भएका कारण दुर्घटना भएको चालक दलका सदस्यले जानकारी दिएका छन्। विमानको पाङ्ग्रा र अगाडिको भाग पूर्ण रुपमा क्षति ग्रस्त भएपनि चालक दलका दुई जना सदस्य भने सकुशल रहेका छन्। विमानमा रहेका सामग्रीमा भने क्षति नपुगेको बताइएको छ। दुर्घटनापछि सिमीकोट विमानस्थल अवरुद्ध भएको छ। सिमीकोटका लागि उडेका अन्य विमानलाई अवतरणको अनुमति दिइएको छैन। अन्य विमान सिमीकोटमा अवतरण हुन नसकेपछि विमान पर्खेर बसेका यात्रु अलपत्र परेका छन्। धावनमार्गमा रहेको विमानलाई त्यहाँबाट हटाउने काम सुरु भएको बताइएको छ भने दुर्घटनाका अन्य कारणबारे पनि अनुसन्धान सुरु भएको बताइएको छ।।