Saturday, October 9, 2010

बंगलादेशको दक्षिणी तटीय क्षेत्रमा आँधिसहितको बाढी

बंगलादेशको दक्षिणी तटीय क्षेत्रमा आँधीसहितको बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ४१ जना माझी हराइरहेका छन्। आँधीका कारण तटीय क्षेत्रमा समुद्रको अग्ला छालहरु उठेका छन्। सामुद्रिक छालका कारण तटीय क्षेत्रका सहरी तथा ग्रामिण बस्ती डुबानमा परेका छन्। सो क्षेत्रमा १ दशमलव ५ मिटर भन्दा अग्लो सामुद्रिक छाल उठेको बताइएको छ। दक्षिणी तटीय क्षेत्रमा केही दिनदेखि भीषण वर्षा भैरहेको छ। वर्षा सँगै आएको बाढीका कारण सो क्षेत्रको जनजीवन थप कष्टकर बनेको छ। सो क्षेत्रका हजारौ मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताइएको छ। राजधानी ढाकास्थित मौसम विभागले तटीय क्षेत्रमा मौसम प्रतिकूल रहेका कारण माछा मार्ने जहाज र डुंगालाई समुद्रमा नजान निर्देशन जारी गरेको छ।।

Total Pageviews