Thursday, October 7, 2010
बिभिन्न ठाँउमा भएको दुर्घटनाहरू
सप्तरीको कठौनामा ना एक ख छैसट्ठी बत्तिस नम्बरको ट्रकको ठक्करबाट मोहनपुर–५ का आठ वर्षीय बालक सुरज साहको मृत्यु भएको छ। घटनाको विरोधमा स्थानीवासी र मृतकका आफन्तले बन्द गराएको पूर्वपश्चिम राजमार्ग सुचारु भएको छ।
यता, धादिङको गल्छीमा बा २ ख उनान्चास पैतालिस नम्बरको बस सडकबाट ५० मिटर तल खस्दा १५ भन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।।
यसैगरी, नवलपरासीमा गएराति भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन। काठमाडौंबाट दाड जाँदै गरेको बा २१ प ७८०७ नम्बरको मोटर साइकल पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोला जंगलको सडक खण्डमा रोकी राखेको ना २ ख ७६१२ नम्बरको ट्रकमा ठेक्किँदा मोटर साइकल चालक दाड नारायणपुरका एक्काइस बर्षीय सन्दीप न्यौपानेको मृत्यु भएको हो। मोटरसाइकलमा नै रहेका तिलक राना घाइते भएका हुन्। उनको बुटवलमा उपचार भइरहेको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।।