Thursday, October 14, 2010

अमेरिकाका एक उच्च राजनीतिज्ञले नेपालमा चाँडै नयाँ सरकार बन्ने विश्वास

अमेरिकाका एक उच्च राजनीतिज्ञले नेपालमा चाँडै नयाँ सरकार बन्ने विश्वास व्यक्त गरेका छन्। दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक मन्त्री रोबर्ट ब्लेकले अन्तराष्ट्रिय समाचार संस्था एएफपीसंग कुरा गर्दै मुख्य दलहरुबीच देखिएको असहमति अन्त्य भई चाँडै एकता हुने विश्वास व्यक्त गरेका हुन्। उनले सरकार ,शान्ति र संविधान निर्माणमा देखिएको प्रगति आसाजनक भएको बताएका छन्। ब्लेकले नेपालमा छिट्टै नयाँ सरकार निर्माण होस् र माओवादी लडाकु समायोजन तथा शान्ति प्रक्रियाले गति पाओस् भन्ने अमेरिकाको चाहना रहेको समेत बताउनुभयो।

Total Pageviews