Thursday, October 14, 2010
एकीकृत माओवादीले पञ्चायती प्रजातन्त्रको पुनर्स्थापना गर्न खोजेको -रक्षामन्त्री विद्या भण्डारी
रक्षामन्त्री विद्या भण्डारीले एकीकृत नेकपा माओवादीले मुलुकमा पञ्चायती प्रजातन्त्रलाई पुनर्जिवन दिने प्रयत्न गरिरहेको आरोप लगाउनु भएको छ। दसैंका अवसरमा महाकवि वयलफेयर सोसाईटीले काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री भण्डारीले जनताले कुनै एक पार्टीको प्रजातन्त्रलाई स्वीकार गर्न नसक्ने स्पष्ट गर्नुभयो।
मुलुक संक्रमणकालमा रहेकाले प्रतिगमनकारीहरुले फाइदा उठाउन खोजेको भन्दै उहाँले यसप्रति सचेत हुन सबैलाई आग्रह गर्नुभयो। कार्यक्रममा सभासद् सुप्रभा घिमिरे लगायतले कुर्सी मोहमा त्यागेर आर्थिक सम्मृद्धिमा लाग्न दलहरुलाई सुझाव दिएका थिए।