Thursday, October 14, 2010
दशैं लगत्तै गतिरोध अन्त्य हुने काँग्रेस नेता देउवाको विश्वास
नेपाली काग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले दसैं लगत्तै राजनीतिक गतिरोध अन्त्य हुने दाबी गर्नुभएको छ । हाम्रो मित्र समूहले आज राजधानीमा आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले दसैं लगत्तै सबै पार्टीले हठ छाड्ने र गतिरोध अन्त्य हुने बताउनुभयो।
प्रधानमन्त्रीको निर्वाचन निरन्तर हुँदा पनि परिणाम नआएपछि प्रमुख दलहरु गम्भीर हुनुपर्ने उहाँको भनाई थियो। कार्यक्रममा कांग्रेस महामन्त्री प्रकाशमान सिंहले शान्ति र संविधान सुनिश्चित नभए दिनमा चौबिस पटक निर्वाचन गरे पनि कांग्रेसले उम्मेदवारी फिर्ता नलिने दोहोर्याउनुभयो।
उहाँले एकीकृत माओवादीको अलोकतान्त्रिक संविधान बनाउने अभिस्टले संविधान निर्माणमा ढिलाई भएको आरोप लगाउनुभयो। पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालले विश्वव्यापी रुपमा मान्य हुने लोकतान्त्रिक व्यवस्थामा मात्र नेपालको भविष्य रहेको बताउनुभयो।
कार्यक्रममा मित्र युवा समूहले पूर्व प्रधानसेनापति कटुवाल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त ललितवहादुर लिम्बु लगायतलाई सम्मान गरेको थियो।