Wednesday, October 6, 2010

भारतीय राजदूत राकेश सूद सोलुखुम्वुको सल्लेरीमा, माओवादी कार्यकर्ताद्वारा कालो झण्डा प्रदर्शन

एक कार्यक्रमको शिलशिलामा सोलुखुम्बुको सदरमुकाम सल्लेरी पुग्नु भएका नेपालका लागि भारतीय राजदूत सुदलाई एकीकृत नेकपा माओवादीका कार्यकर्ताले कालो झण्डा देखाएका छन्। सोलुखुम्बुमा नव स्थापित नेपाल भारत मानव विकास एवं मैत्री संघको उद्घाटनका लागि सुद आज बिहान सल्लेरी पुग्नु भएको थियो। सुद सल्लेरी पुगेलगत्तै माओवादी कार्यकर्ताले नेपालको राजनीति र संविधान लेखनमा भारतले हस्तक्षेप गरिरहेको आरोप लगाउदै बिरोध प्रदर्शन गरेको बताइएको छ। माओवादी कार्यकर्ताको बिरोध पछि कडा सुरक्षाका बीच सुदले उक्त संस्थाको उद्घाटन गर्नु भएको थियो।।

Total Pageviews