Friday, October 1, 2010
चौथो काठमाडौं म्याराथनमा सशस्त्र प्रहरीको बर्चस्व, पुरुषतर्फ अर्जुन ढकाल र महिला तर्फ कृष्णेश्वरी सिन्तकलालाई उपाधि
चौथो काठमाडौं फुल म्याराथन अर्न्तगत महिला र पुरुष दुवै तर्फ सशस्त्र प्रहरीले कब्जा जमाएको छ। पुरुष तर्फ सशस्त्रका अर्जुन ढकाल र महिला तर्फ कृष्णेश्वरी सिन्तकलाले फुल म्याराथनको उपाधी हात पारेका छन्। उपाधी हात पार्ने क्रममा ढकालले दुइ घण्टा बत्तीस मिनेट सत्ताइस सेकेन्डमा र सिन्तकलाले तिन घण्टा एकतिस मिनेट सडचालीस सेकेन्डमा बयालीस दशमलब एक नौ छ किलोमिटरको दरी तय गरेका थिए। पुरुष तर्फ नेपाली सेनाका डिफेन्डिङ च्याम्पियन अर्जुन बस्नेतले यस पटक दोस्रो स्थानमै चित्त बुझाएका छन् भने अमरबहादुर शाही तेस्रो भएका छन्। महिला तर्फ सोनुजया राईले दोस्रो र सुजाता प्रधानले तेस्रो स्थान हात पारेका छन्। त्यसैगरी महिलातर्फको हाफ म्याराथनमा सशस्त्र प्रहरीकै विन्द्रा श्रेष्ठ प्रथम भएकी छिन् भने गिता खत्री दोस्रो भएकी छिन्।।
