Wednesday, September 29, 2010
संविधानसभाको म्याद थपेको चार महिना पुरा, काम सुन्य
राजनीतिक दलहरुले तोकिएको दुई बर्षमा संविधान निर्माण गर्न नसकेपछि संविधानसभाको म्याद एक वर्ष थपेको आज चार महिना पुगेको छ । दलहरु सत्तासमिकरणमा केन्द्रीत भएपछि बितेको चार महिनाको अवधिमा संविधान निर्माणको काम अघि बढ्न सकेको छैन ।जेठ १४ गते मध्यराती संविधानसभा बैठकबाट दलहरुले एक बर्षका लागि म्याद थपेका थिए । असोज महिना भित्र दलहरुले अध्ययन समितिमा रहेका आठ वटा विषयगत समितिका प्रतिवेदनलाई संविधानसभा मार्फत संवैधानिक समितिमा पठाई सक्नुपर्ने कार्यतालीकामा उल्लेख छ । म्याद थप भएयता संविधानसभाको बैठक कार्यतालिका निर्माण गर्न एकपटक भन्दा बस्न सकेको छैन । दलहरुले आफैले तयार पारेको कार्यतालीकालाई ईमान्दारीताका साथ पूर्णरुपमा पालन गर्न नसकेको स्वयम् नेताहरुले स्वीकार गरेका छन् ।
प्रधानमन्त्री निर्बाचनको अर्थहीन श्रृङ्खलाले नयाँ सरकार गठन अझै अन्यौलपूर्ण छ । दलहरुको पछिल्लो कृयाकलापलाई हेर्दा पछिल्लो पटक थपिएको समय भित्रै संविधान बन्नेमा सर्बसाधारण विश्वस्त हुन सकेका छैनन् ।