Wednesday, September 29, 2010
पटक पटक अबरुद्ध हुँदै आएको दाङ–सल्यान–रुकुम सडक खण्ड आज बिहानैदेखि पुनः अवरुद्ध
पटक पटक अबरुद्ध हुँदै आएको दाङ–सल्यान–रुकुम सडक खण्ड आज बिहानैदेखि पुनः अवरुद्ध भएको छ। सो सडक खण्ड अन्तर्गत तुलस्ाीपुर नगरपालिकाको साततले र लाहुरेचौरको बीचमा पुनः पहिरो झरेपछि सडक अवरुद्ध बनेको राप्ती अञ्चल बस व्यवसायी समितिले जानकारी दिनुभएको छ। पहिरो पन्छाउने तयारी भैरहेको छ। यसअघि सोहि स्थानमा हिजो पहिरोले एउटा मालबाहक जिपलाई बगाएको थियो।