Wednesday, September 29, 2010

धौलागिरी हिमाल आरोहणका लागि गएका तीन जना जापानी सहित चार पर्यटक बेपत्ता

म्याग्दीको मुदी गाविस हुँदै धौलागिरि हिमाल आरोहणका लागि गएका तीनजना जापानी सहित चार पर्यटक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा जापानका ४९ वर्षिय ओसामु तानावे, ३६ वर्षिय तोसायो आचामोतो, ३२ वर्षिय दायिसुके हो48डा र ४६ वर्षिय नेपाली पासाङशेलु सेर्पा रहेको छन्। पर्यटकको सो टोली गत असोज ७ गतेसदरमुकाम बेनीबाट त्यसतर्फ गएको थियो। बेपत्ता पर्यटकको खोजीका लागि इलाका प्रहरी कार्यालय दरबाङ र प्रहरी चौकी ताकमबाट प्रहरी घटनास्थलतर्फ पठाइएको प्रहरी नायव उपरिक्षक नवराज भट्टले बताउनुभयो। धौलागिरि बेसक्याम्पको पहिलो आधार शिविरमा हिमपहिरो गइ पर्यटकहरू पहिरोमा पुरिएको अनुमान प्रहरीले गरेको छ।

Total Pageviews