Tuesday, September 28, 2010
नेपाल विकास बैकमा डुबेको नेपाली सेनाको १७ करोड रुपियाँ उठ्ने
खारेजीमा परेको नेपाल विकास बैकमा डुबेको नेपाली सेनाको १७ करोड रुपियाँ उठ्ने विश्वास सेनाले गरेको छ। नेपाली सेनाले गरेको १८ करोड लगानीमा एक करोड रुपिया उठिसकेको र बँाकि रकम बैकको हालको लिक्विडेसन प्रक्रिया अनुरुप भुक्तानी भएमा सेनाको सवै रकम उठ्ने सैनिक कल्याणकारी कोषका निर्देशक सहायक रथी पुर्णचन्द्र थापाले वताउनुभयो। नेपाली सेनाले आज राजधानीमा गरेको पत्रकार सम्मेलनमा उहाँले वजारको सहि मुल्याङन गर्न नसकेको कारण लगानी डुब्न गएको बताउनुभयो।
सेनाको कल्याणकारी कोषमा १६ अर्व रुपियाँ रहेको र देशभरका ६० भन्दा बढि बैकमा लगानी रहेको पनि जानकारी गराइएको थियो। सेनाले ३७ करोड रुपियाँ स्वास्थ्य क्षेत्रमा र ३० करोड रुपियाँ शिक्षा क्षेत्रमा लगानी गरेको सहायक रथी थापाले जानकारी दिनुभयो। कार्यक्रममा सहायक रथी रमिन्द्र क्षेत्रीले कल्याणकारी कोषलाई व्यवस्थित रुपमा संचालन गर्न दक्ष जनशक्ति राख्न आवश्यक रहेकोले त्यसबारेमा सेनाले छिट्टै निर्णय गर्ने जानकारी पनि दिनुभयो।