Tuesday, September 28, 2010
उत्तर कोरियाका राष्ट्रपतिद्वारा उत्तराधिकारी बनाउने अनुमान गरिएका कान्छा छोरा किम जोङ्ग उनलाइ सेनाको फोर स्टार जनरल पदमा नियुक्त
उत्तर कोरियाका राष्ट्रपति किम जोङ्ग इलले आफ्ना कान्छा पुत्र किम जोङ्ग उनलाइ सेनाको शक्तिसाली जनरल पदमा नियुक्त गरेको उत्तर कोरियाली संचार माध्यमहरुले जनाएका छन्। फोर स्टार जनरलमा नियुक्त गरिएका किमका कान्छा पुत्र किम जोङ्ग उनले पार्टी प्रमुखको रुपमा पिताको स्थान लिने अनुमान गरिएको छ। बन्द समाजको रुपमा रहँदै आएको उत्तर कोरियामा किम जोङ इलले आफ्ना उत्तराधिकारीको घोषणा गर्ने अडकल बाजी चलिरहेको छ। विरलै हुने सत्तारुढ दल वर्कर्स पार्टीको राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा किमले आफ्ना छोरालाई जनरल बनाएपछि चलिरहेका अडकलबाजीमा बल पुगेको छ। आगामी नेता हुने अनुमान गरिएका किमका कान्छा सुपुत्र किम जोङले स्वीट्जरल्या48डमा अध्यन गरेको र हाल उनको उमेर सत्ताइस वर्ष पुगेको अनुमान गरिएको भएपनि उनीबारेका विवरण सार्वजनिक छैनन्। राष्ट्रपति किमको अड्तिस वर्ष लामो शासन पछि सत्तारुढ दलले आयोजना गरेको यो पहिलो बृहत राष्ट्रिय भेला हो। सन् उन्नाइस सय चौरानब्बेमा हालका राष्ट्रपति किमका पिता किम जोङ्ग सुङ्गले आफ्ना छोरालाई पदमा स्थापित गरेका थिए।