Monday, September 27, 2010

शोभराज पत्नी निहिता विश्वास र अधिवक्ता शकुन्तला थापाले अदालतको अवहेलना गरेको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले चाल्स शोभराजकी पत्नी निहिता विश्वास र अधिवक्ता शकुन्तला थापाले अदालतको अवहेलना गरेको ठहर गरेको छ। न्यायाधीश बलराम केसी र रामकुमार शाहको इजलासले दुवै जनालाई सात दिन कैद र पचास रुपैयाँ जरिवाना तोकेको छ। सर्वोच्चले अधिवक्ता शकुन्तला थापालाई न्यायाधीशका लागि अयोग्यसमेत ठहर गरेको छ। चाल्स शोभराजलाई अदालतले दोषी ठहर गरेपछि उनकी पत्नी निहिता र अधिवक्ता शकुन्तला थापाले न्यायाधीशले घुस लिएर फैसला गरेको आरोप लगाएका थिए। यसैगरी अदालत सम्बन्धी समाचार संकलन, प्रकाशन र प्रशासन गर्दा संवेदनशील बन्न सञ्चारमाध्यमलाई आदेश दिएको छ।

Total Pageviews