Monday, September 27, 2010
प्रधानमन्त्रीका प्रत्यासी पौडेलले उम्मेदवारी फिर्ता नलिएसम्म गतिरोध अन्त्य नहुने एमाले अध्यक्ष खनालको भनाइ
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पदको उम्मेद्वारी फिर्ता नलिएसम्म राजनीतिक गतिरोधको अन्त्य नहुने बताउनुभएको छ। नवनियुक्त फ्रान्सेली राजदूत जाँ चार्ल्स दमर्कीसँगको भेटवार्तापछि बल्खुमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष खनालले राष्ट्रिय सहमति निर्माणको लागि कांग्रेस गम्भीर बन्नुपर्ने वताउनुभयो। उहाँले शान्ति प्रक्रिया र संविधान लेखनको लागि साझा आधार पत्र निर्माणमा सहकार्य गर्न सवै दलहरुसंग आग्रह गर्नुभएको छ।
उहाँले भेटवार्तामा फ्रान्सेली राजदूतसँग नेपालको शान्ति प्रक्रिया र राजनीतिक अवस्थाका वारेमा कुराकानी भएको जानकारी दिनुभयो। भेटमा राजदूत दमर्कीले सहमतिकै आधारमा निकास निकाल्ने विश्वास ब्यक्त गर्नुभएको थियो।