Friday, September 24, 2010

महोत्तरीमा बरामद एक करोड मुल्य बराबरको गाँजा अंझै नष्ट हुन सकेन

अवैध लागू औषध बरामद गर्नु प्रहरीको दायित्व नै हो। सोही अनुसार महोत्तरी प्रहरीले एक महिना अघि करिव एक करोड मूल्य बराबरको एक क्वीन्टल गाँजा बरामद गर्यो। तर, बरामद गरिएको उक्त गाँजा प्रहरी अधिकारी र लागू औषधका तस्करबीच मोलतोल नमिल्दा नष्ट हुन सकेको छैन। यता सिराहाको हरकट्टीबाट सशस्त्र प्रहरीले गाँजा तस्करीमा संलग्न एक भारतिय नागरिकलाई रंगेहात पक्राउ गरेको छ। सशस्त्र प्रहरी वेसक्याम्प वरियापट्टीको गस्ती टोलीले तिस किलो गाँजा सहित भारतीय नागरिक बैद्यनाथ चौधरीलाई पक्राउ गरेको हो।।

Total Pageviews