Friday, September 24, 2010

पोखरास्थित बराह ज्वेलर्सबाट साढे चार किलो सुनका गरगहना चोरी

पोखरास्थित बराह ज्वेलरीबाट गएराति साढे चार किलो सुन चोरी भएको छ। चोरी भएको आज विहानमात्र थाहा भएको हो। ज्वेलरीबाट तीन लाख नगद पनि चोरी भएको छ। चोरहरुले ज्वेलरीको ताला काटेर सुन र नगद लगेपछि पहिलेकै जस्तै ताल्चा लगाइदिएका थिए। चोरी कसले गर्‍यो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चोरी भएको पसल प्रहरीले आफ्नो नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ। चोर पत्ता लगाउन प्रहरीले कुकुरको सहयोग पनि लिएको छ।

Total Pageviews