Friday, September 24, 2010
बस चालकलाई भेरी नदीमा फालिएको विरोधमा यातायात मजदुर आन्दोलित
बस चालकलाई भेरी नदीमा फाल्नेहरुलाई कारवाही नगरिएको भन्दै यातायात मजदुरले आज मध्य र सुदुरपश्चिममा सार्वजनिक यातायात ठप्प पारेका छन्। भदौ सत्ताइस गते सुर्खेत र सल्यानको सिमानामा पर्ने राकम नजिकै एक बालिकालाई बसले ठक्कर दिएपछि स्थानियवासीले चालक वकिल बुढाथोकी क्षेत्रीलाई भेरी नदिमा फालिदिएका थिए। भेरी नदिमा फ्यालिएका चालक क्षेत्री अंझै वेपत्ता छन्।
त्यसैको विरोधमा आन्दोलनमा उत्रिएका मध्य र सुदुरपश्चिमका यातायात व्यवसायीले यसअघि पनि विभिन्न दबावमुलक कार्यक्रम गर्दै आएका थिए। यातायात मजदुरले क्षेत्रीका छोराछोरीलाइ निशुल्क शिक्षा, शुरक्षाको ग्यारेण्टी लगायतको माग राख्दै आएका छन्। यातायात बन्दका कारण विभिन्न जिल्लास्थित बसपार्कमा यात्रुहरु अलपत्र परेका छन्।