Friday, September 24, 2010

मकवानपुरको टिष्टुङ नौखण्डेमा ट्याक्सी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुरको टिष्टुङ नौखण्डेमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। दुर्घटनामा परी ट्याक्सीधनी मकवानपुर वज्रवाराहीका मिनबहादुर बलामीको मृत्यु भएको हो। घाइते मध्ये गंभीर तीन जनालाई उपचारका लागि काठमाण्डौ ल्याइएको छ। काठमाण्डौबाट मकवानपुरको पालुङ जाँदै गरेको ट्याक्सी सडकबाट करिब पाँच सय मिटर तल खस्दा दुर्घटना भएको हो।

Total Pageviews