Friday, September 24, 2010
संविधान लेखन र प्रधानमन्त्री चयनको माग गर्दै नेकपा क्रान्तिकारी माओवादीद्धारा तराई बन्द
संविधान लेखन र प्रधानमन्त्री चयनको माग गर्दै नेकपा क्रान्तिकारी माओवादीले आह्वान गरेको तराई बन्दका कारण जनकपुरको जनजीवन प्रभावित भएको छ। बन्दका कारण जनकपुरबाट चल्ने छोटो तथा लामो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने बजार, पसलसमेत बन्द भएका छन्। यसैबीच, बन्द गराउने क्रममा प्रमोद राणा नेतृत्वका क्रान्तिकारी माओवादीका एक कार्यकर्ता श्रवण मुखियालाई प्रहरीले स्थानीय रामानन्दचोकबाट पक्राउ गरेको छ।
क्रान्तिकारी माओवादी एकीकृत नेकपा माओवादी र मातृका यादव नेतृत्वको नेकपा माओवादीबाट छुट्टिएको समूह हो।