Friday, September 24, 2010

पति र छोराको हत्यामा संलग्न एक महिलालाई अमेरिकी अदालतको आदेशमा मृत्युदण्ड

अमेरिकाको भर्जिनिया राज्यले करिब एक सय वर्षपछि पहिलो पटक पति र छोराको हत्यामा संलग्न रहेको आरोपमा एकचालीस वर्षीया एक महिलालाई मृत्युदण्ड दिएको छ। भर्जीनियाको ग्रिन्सभिल्ले करेक्सन सेन्टरमा आरोपित तेरेसा लेविसलाई इन्जेक्सन लगाइ मृत्युदण्ड दिइएको जानकारी अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। अभियुक्त लेविस माथि दुई जनालाई भाडामा लिइ पति र सौतेनी छोराको हत्या गरेको अभियोग लागेको थियो। घरको प्रवेशद्वार खुल्ला राखि हत्यारालाई हत्या गर्न सहज बनाएको आरोप पनि लेविसमाथि लगाइएको थियो। तर अभियुक्त समर्थक वकिलहरुले हत्यामा संलग्न रहेको आरोप लागेकी महिलाको मानसिक अवस्था असन्तुलन रहेको बताएका छन्। सम्पत्ति कब्जा गर्ने उद्धेश्यले अभियुक्त लेविसले पति र सौतेनी छोराको हत्या गरेको बताइएको छ। लेविस विरुद्धको मुद्धा नौ जना वकिलको एक समूहले गरेको थियो। तीन जना महिला वकिल पनि सामेल रहेको सो सुनुवाईमा दुइ जना महिला मृत्युदण्ड दिन नहुने पक्षमा रहेको बताइएको छ। चिकित्सक र मनोचिकित्सकसँग जाँच गर्दा लेविसको मानसिक अवस्था ठीक रहेको बताएको दाबी पनि अधिकारीहरुको छ। भर्जिनियाका अधिकारीहरुले भने आरोपित लेविसको मानसिक अवस्था सन्तुलन रहेको दाबी गरेका छन्।।

Total Pageviews