Wednesday, September 29, 2010

मेक्सिकोको ओक्साका प्रान्तमा गएको पहिरोमा कम्तीमा ७ जनाको मृत्यु, सयौं बेपत्ता

मेक्सिकोको दक्षिण पश्चिमी ओक्साका प्रान्तमा गएको पहिरोमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने सयौं हराइरहेका छन्। सो क्षेत्रमा केही दिनदेखि भीषण वर्षा भैरहेको र वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो गएको ओक्साका राज्यका गर्भनरले बताएका छन्। शान्ता मारिआ टलाहुइटोलटेपेक नामक पहाडी सहरमा गएको पहिरोमा करिव तीनसय घर पुरिएको र १ हजार भन्दा बढी मानिसको मृत्यु भएको हुनसक्ने ओक्साका राज्यका गर्भनरले बताएका छन्। केहीदिनदेखि वर्षा जारी रहनुमा ओक्साका राज्यमा माथ्यू आँधीको प्रभाव हुन सक्ने अधिकारीहरुले बताएका छन्। भीषण वर्षाका कारण छिमेकी टाबास्को र चिआपास राज्य पनि प्रभावित बनेको छ। उता, कोलम्बियामा गएको पहिरोमा परी ३० जनाको मृत्यु भएको छ।

Total Pageviews