Friday, September 10, 2010
चितवनको सिमलतालमा तीनवटा सवारी साधनमा लुटपाट
नारायणगढ मुग्लिङ सडक खण्डअन्तर्गत चितवनको सिमलतालमा आज बिहानै तीनवटा सवारी साधनमा लुटपाट भएको छ। बिहान करिव ३ वजेतिर २०/२२ जनाको समूहमा रहेका व्यक्तिले बा ३ ख ९०२८ नम्बरको ट्रक, नम्बर नखुलेको अर्को एउटा ट्रक र एउटा एम्वुलेन्सका यात्रुलाई लुटपाट गरेका हुन्।
लुटेराले २० हजार नगद र १० वटा मोवाइल लुटेर लगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सडकमै जर्वजस्ती रोकेर लुटपाट गर्न थालेपछि केहीबेर लुटेरा र गाडीका चालकबीच झडप समेत भएको थियो।
यसैबिच, प्रहरीले लुटपाटमा संलग्न भएको अभियोगमा ३ वटा मोटरसाइकल सहित ११ जनालाई पक्राउ गरेको छ।।