Friday, September 10, 2010

हरितालिका तीज धुमधामसंग मनाइदै

शनिबार नेपाली हिन्दु महिलाहरुले परम्परागत हरितालिका तीजपर्व मनाइदै छन् । हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर व्रत गरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार यो पर्व मनाउदै आएको मानिन्छ ।यस सांस्तृतिक पर्वमा पानी समेत नखाई विवाहित महिलाहरु शिवको पूजा आराधना गर्दै आफ्ना पतिको दीर्घायू, सुस्वास्थ्यको कामना गरी व्रत बस्छन् भने अविहाहित महिलाहरु सुयोग्य तथा आर्दश पति प्राप्त गर्ने कामना साथ व्रत बस्ने गर्दछन् ।यस अवसरमा महिलाहरु विभिन्न तीर्थस्थलमा , मन्दिर तथा देवालयमा गई हिव पार्वतीको पूजा उपासना गरेर तीज सम्बन्धि गीत, भजन , र चुट्का गाएर यो पर्व मनाउने गर्दछन् । जलसमेत नखाई व्रत बस्नुपर्ने हुनाले हिजोको विभिन्न परिकार तथा मिप्ठान्नहरु तयार गरी व्रतालुहरुले दर खाने प्रचलन छ ।शनिबार बिहानै देखि महिलाहरु सौभाग्यसुचक धागो, पोते टीका, गरगहना र रङ्गीचङ्गी कपडा पहिरेर आराध्यदेव पशुपतिनाथ लगाएत देशै भरिका शिवमन्दिरहरुमा भेला भइरहेका छन् ।अहिले पशुपतिनाथको मन्दिरमा दर्शनका लागि महिलाहरुको घुइचो लागेको छ । तीजका बर्तालुलाई पशुपतिको दर्शनका लागि विहान ३ बजेबाट ढोका खुल्ला गरिएको पशुपति विकास कोषका कोषाध्यक्ष नरोत्तम बैद्यले जानकारी दिनुभयो । चार ओटा लाइन मार्फत दर्शनको व्यवस्था मिलाइएको बैद्यले जानकारी दिनुभयो । धेरैवेर लाइनमा बस्न नसक्नेहरुलाई एक हजार रुपैया तीरेर आधा घण्टा भित्र दर्शन गर्न पाउन व्यवस्था मिलाईएको छ । पैसा तिरेर दर्शन गर्नेहरुका लागि छुट्टै व्यवस्था गरिएको बैद्यको भनाई छ । महिलाहरुको लागि स्काउटको स्वयम सेवकका साथमा सशस्त्र र जनपथ गरी ४ हजार सुरक्षाकर्मीको व्यवस्था गरिएको कोषले जनाएको छ । टोलीको कमाण्ड डिएसपीले गर्ने प्रहरीले जनाएको छ । दर्शनार्थीको भिडका कारण पशुपतिक्षेत्रको यातायात व्यवस्था प्रधावित बनेको छ । प्रहरीले यातायातका साधन आवत जावतमा रोक लगाएको छ ।

Total Pageviews