Sunday, September 12, 2010
चाडबाड नजिकिँदै जाँदा नारायण मुग्लिन सडकखण्डमा लुटपाटको क्रम बढ्दो
चाडबाड नजिकिँदै जाँदा राजधानीबाट बाहिरीने र भित्रिने सवारी साधनहरु लुटिन थालेका छन्। गएराती चितवनको दारेचोकमा काठमाडौंबाट वारा जाँदै गरेको ना ४ ख एक हजार छयान्नब्बे नम्बरको बस लुटिएको छ। धादिङबाट यात्रु बनेर चढेका लुटेराद्वारा लुटपाट गरेको प्रहरीले जनाएको छ। लुटेराहरुले यात्रुबाट ४५ हजार नगद र ५ थान मोवाइल लुटेका छन्।
यसैगरी हिजो सोही राजमार्गमा तीनवटा सवारी साधनहरु लुटिएका थिए। बीस बाइस जनाको समूहमा रहेका समूहले ना तीन ख नब्बे अट्ठइस नम्बरको ट्रक, नम्बर नखुलेको अर्को ट्रक र एउटा एम्बुलेन्स रोकेर करिव बीस हजार रुपैंया र दशवटा मोवाईलसेट लुटेको प्रहरीले जनाएको छ। हिजोको लुटपाटमा संलग्न एघार जनालाई प्रहरीले पक्राउ गरेको छ।।