Sunday, September 12, 2010

काभ्रेको पातलेखेतमा ट्याक्सी दुर्घटना, एक जनाको मृत्यु

बीपी राजमार्ग अन्तर्गत काभ्रेको पातलेखेतमा राजमार्गमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।रामेछापको टोकनपुरबाट बिरामी कविता थापा मगरलाई लिएर आइरहेको बा १ ज नब्बे बीस नम्बरको ट्याक्सी दुर्घटना हुँदा टोकनपुर गाविस–८का २७ बर्षीय टीकाराम थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु भएका थापा बिरामीका देवर हुन्। प्रहरीका अनुसार, ट्याक्सीमा रहेका कविता थापा मगर, परशुराम थापामगर, ज्ञानेन्द्र थापा मगर र ट्याक्सी चालक सोमबहादुर थापा मगर घाइते भएका छन्। उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

Total Pageviews