Friday, September 10, 2010

देशका विभिन्न भागमा नदीले बगाउँदा तीन जना बेपत्ता, एक जनाको मृत्यु, कञ्चनपुरमा बस दुर्घटनामा परी एघार जना गम्भीर घाइते

म्याग्दीको गलेश्वरनजिकै राहुघाट नदीले बगाउँदा एकै परिवारका दुईजना बेपत्ता भएका छन्।बेपत्ता हुनेमा राखुपिप्ले गाविसका ७१ वर्षिया बमबहादुर शाही र उनकी श्रीमती ६७ वर्षिया बिजुला शाही रहेको प्रहरीले जनाएको छ। गएरातीदेखि अत्याधिक बढेको राहुघाट नदीले गलेश्वर आसपासका ठाउँठाउँमा कटान समेत गरेको छ। जसका कारण वरपरको बस्ती जोजिममा परेको छ। नदीले स्थानीय परमानन्द गिरीको घर बगाएको छ भने नदीकटानका कारण ठाउँठाउँमा सडक भत्किंदा बेनी–जोमसोम सडकखण्ड समेत अवरुद्ध भएको छ।त्यसैगरी नदि कटानका कारण गलेश्वरस्थित बेलीबृज समेत भत्किने खतरामा छ।। यता रुपन्देही र पाल्पाको सिमानामा तीनाउ खोलाले बगाउँदा एक किशोर वेपत्ता भएका छन्। पौडी खेल्न गएका बुटवल आर्दश नगर–६ का १७ वर्षीय सन्तोष श्रेष्ठ तिनाउँ नदिले बगाएर वेपत्ता भएका हुन्। त्यस्तै सुनसरीको बराह क्षेत्रस्थित बाघ खोलाले बगाउँदा बराहक्षेत्र गाविस–७ का १५ वर्षीय दलबहादुर राइको मृत्यु भएको छ। ढुंगा संकलन गर्न गएका राइलाई आज विहान खोलाले बगाएको हो।। बस दुर्घटना धनगढीबाट महेन्द्रनगर जाँदै गरेको म १ ख ४ सय ३८ नम्बरको बस कञ्चनपुरको कृष्णपुर गाविस–२ बाणीमा दुर्घटना हुदा १९ जना यात्रु घाइते भएका छन्। जसमध्ये मध्ये ११ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेहरुको कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ।

Total Pageviews