Friday, September 10, 2010
पूर्व राजा ज्ञानेन्द्र शाह गणपति महोत्सवमा सहभागी हुन विराटनगर जाँदै
पूर्वराजा ज्ञानेन्द्र शाह आज बिराटनगर जाँदै हुनुहुन्छ। उहाँ बिराटनगरको सरस्वती माविमा हुने गणपति महोत्सवको उद्घाटन गर्न बिराटनगर जान लाग्नु भएको हो। गणेश चौथीको अवसर पारेर विगत तीन वर्षदेखि हुँदै आएको गणपति महोत्सव तीन दिनसम्म चल्ने महोत्वसव आयोजक समितिले जनाएको छ। महोत्सव उद्घाटन गर्न बिराटनगर जान लाग्नु भएका पूर्व राजा शाहले बिराटनगरका अन्य धार्मिक स्थलकोसमेत भ्रमण गरी पूजाअर्चना गर्नुहुने बताइएको छ। सोही अवसरमा पूर्वराजा शाहले स्थानीय व्यक्तिहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि तय गरिएको आयोजक समितिले जनाएको छ। पूर्वराजा बिराटनगर जाने कार्यक्रम रहेकाले त्यहाँको सुरक्षा ब्यवस्था कडा पारिएको छ।।
