Friday, September 10, 2010

सोमालियाको अन्तर्राष्ट्रिय विमानस्थलमा अव शवाव विद्रोहीको आक्रमण, १४ जना अफ्रिकी सेनाको मृत्यु

सोमालीयाको अर्न्तराष्ट्रिय विमानस्थलमा गराइएको आत्मघाति कार बम विस्फोटनमा कम्तीमा चौध जनाको मृत्यु भएको छ। बम विस्फोटनमा मारिने अधिंकाश अफ्रिकी संघीय शान्ति स्थापक सेना भएको अर्न्तराष्ट्रिय संञ्चार माध्यमहरुले जनाएका छन्। विमानस्थल बाहिर रहेको अफ्रिकी संघीय सेनाको पोष्टमा आत्मघाती आक्रमणकारीले आफु चढेर आएको कार ठोक्काई बम विस्फोट गराएको प्रत्यक्षदर्शीले बताएका छन्। पहिलो बम विस्फोट भएको केही समयमै अर्को बम सेनाको आधार शिविर भित्र गराइएको समचारमा उल्लेख छ। सोमालियामा तैनाथ अफ्रिकी संघीय सेनाका प्रवक्तले समेत दुइ वटा आत्मघाती कार बम आक्रमण भएको स्वीकारेका छन्। विस्फोटनमा परी मृत्यु हुनेमा दुइ जना मगन्ते महिला भएको पनि समचारमा उल्लेख छ। सोमालीयाको अन्तरिम सरकारले रमजान पर्वको अन्तिम समयमा हिसांत्मक आक्रमण हुन सक्ने भन्दै सवैलाई सचेत हुन आग्रह गरेको थियो। सोमालीयामा सक्रिय विद्रोही अल शवावले गत अगष्टमा अफ्रिकी संघीय सेना विरुद्ध बृहद् युद्धको घोषणा गर्दै राजधानी मोगादिसूका विभिन्न सैनिक ब्यारेक माथि आक्रमण गरिने चेतावनी दिएको थियो।।

Total Pageviews