Tuesday, September 7, 2010

संघीय लिम्बुवान राज्य परिषद् लिङदेन समूहको बन्दका आव्हान कारण मेची अन्चलको जनजीवन प्रभावित

संघीय लिम्बुवान राज्य परिषद् लिङदेन समूहले आव्हान गरेको बन्दका कारण आज मेची अन्चलको जनजीवन प्रभावित बनेको छ। सरकार र परिषद्बीच २०६४ चैत ६ गते भएको ५ बुँदे सहमति कार्यन्यनको माग गर्दै परिषद्ले अरुण नदी पुर्वका ९ जिल्ला बन्दको आव्हान गरेको हो। बन्दका कारण झापा, इलाम, पाँचथर र ताप्लेजुङका पसल, बजार, कलकारखाना, शिक्षण संस्था बन्द छन। सडकमा सवारी नचल्दा यात्रुले सास्ती बेहोरेका छन। परिषद्का अध्यक्ष कुमार लिङदेनले अरुणपुर्वका ९ जिल्लामा प्रशासनिक हस्तक्षेप बढेको भन्दै त्यस बिरुद्ध प्रतिकार गर्ने चेतावनी समेत दिनुभयो। परिषदले समयमा संविधान निमार्ण गर्न र बद्ढो महंगी नियन्त्रण गर्न समेत माग गरेको छ।

Total Pageviews