Tuesday, September 7, 2010

गुणस्तरिय सेवा दिन प्रधानमन्त्रीको कर्मचारीलाई निर्देशन

प्रधानमन्त्री माधबकुमार नेपालले सेवाग्राहीलाई छिटो र गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ । ७ औ निजामति कर्मचारी दिवसको उपलक्ष्यमा निजामति कर्मचारी संगठाले गरेको कार्यक्रममा प्रधानमन्त्री नेपालले मुलुकमा सुशासन कायम गर्न निजामती कर्मचारीको भुमिका महत्वपूर्ण रहने बताउनुभयो । संक्रमणकालीन अवस्थामा पनि निजामती कर्मचारीले मुलुकलाई दिएको योगदानको प्रधानमन्त्रीले सह्राना गर्नुभएको छ । उहाँले त्यसका लागि निजामती कर्मचारीलाई धन्यवाद दिदै क्षमताले भ्याएसम्म सहयोग गर्ने बचन दिनुभएको छ । यसैवीच सातौ निजामती कर्मचारी दिवश मनाइदै छ । शिष्ट र नम्र व्यवहार, सेवा ग्राहीको अधिकार भन्ने नारासहित आज यो दिवश मनाउन लागिएको हो । दिवसको अवसर पारेर आज राजधानीमा कर्मचारीहरुले प्रभात फेरी गरेका छन । प्रभात फेरी रत्नपार्कवाट सामान्य प्रशासन मन्त्रालय पुगेर सभामा परिणत भएको थियो । सो अवसरमा उत्कृष्ट कार्य गर्ने निजामति कर्मचारीलाई सम्मान गर्ने र कर्मचारी विच भएका विभिन्न प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार वितरणको कार्यक्रम रहेको पन्तले जानकारी दिनुभयो । नेपालमा करीब ७७ हजारको संख्यामा निजामति कर्मचारीहरु रहेका छन् ।

Total Pageviews