Tuesday, September 7, 2010

पाँच पटकका युएस ओपन विजेता रोजर फेडरर क्वाटर फाइनलमा प्रवेश, पूर्व विश्व नम्वर एक खेलाडी मारिया सारापोभा चौथो चरणमा पराजित

दोस्रो सिडेड स्वीस स्टार रोजर फेडरर वर्षको अन्तिम ग्रान्ड स्लाम यु एस ओपन टेनिसको क्वाटर फाइनलमा प्रवेश गरेका छन्। पाँच पटकका यु एस ओपन च्याम्पियन फेडररले क्वाटर फाइनल प्रवेश गर्ने क्रममा जर्जेन मेल्जरलाई छ तीन, सात छ र छ तीनको सोझो सेटमा पराजित गरे। फेडररले अब पाँचौं सिडेड रोबिन सोर्डलिङसँग प्रतिस्पर्धा गर्नेछन्। रोविन सोर्डलिङले अल्बर्ट मोन्टेन्सलाई पराजित गरे। नोभाक जोकोभिच र गेल मोनफिल्स पनि अन्तिम आठमा स्थान बनाउन सफल भएका छन्। महिलातर्फ पूर्व विश्व नम्वर एक खेलाडी मारिया सारापोभालाई हराउँदै नम्वर एक सिडेड कारोलिन वाजनियकी क्वाटर फाइनलमा पुगेकी छिन्। कारोलिनले रसियन सुन्दरी मारियालाई छ तीन र छ चारको सोझो सेटमा पराजित गरिन्। कारोलिनसँग भेराभोनारेभा, डोमिनिका र काइया कानेपी पनि क्वाटर फाइनलमा प्रवेश गरेका छन्।

Total Pageviews