Sunday, September 5, 2010

सरकारसँग नियमित खर्च गर्न समेत रकम अभाव भएको अर्थमन्त्री पाण्डेद्वारा खुलासा, पूर्ण बजेट नआए अर्थतन्त्र धरासायी हुने

अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारसँग भएको एक तिहाई खर्च पनि सकिने अवस्थामा रहेको संकेत गर्दै केहि दिनमा सरकारसँग नियमित र अत्याबश्यक खर्च गर्न सक्ने रकमसमेत नहुने आशंका व्यक्त गर्नुभएको छ। नेपाल पत्रकार महासंघमा आवद्ध रहेका संचारकर्मीहरुको संचार वचत तथा ऋण सहकारी संस्थाको साधारण सभालाई शनिबार सम्वोधन गर्दै अर्थमन्त्री पाण्डेले देशको बजेट सम्म पनि बन्न नसक्ने अवस्था भएमा स्वास्थ्य चौकीमा औषधी र अत्यावश्यक सेवासमेत प्रभावितहुने बताउनुभयो। अर्थमन्त्री पाण्डेले पत्रकारहरुको न्यूनतम पारिश्रमिक र सेवा सुविधाप्रति सरकार गम्भीर रहेको बताउँदै श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन हुनुपर्ने बताउनुभयो। नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झाले संचार माध्यमहरुमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन हुन नसकेको बताउँदै सञ्चारकर्मीहरुको आर्थिक पक्षलाई सुधार गर्न सरकारले उपयुक्त वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो। सहकारी क्षेत्रका अभियानकर्ता दिपकप्रकास बाँस्कोटाले सहकारी संघसंस्थाहरुले अर्थतन्त्रमा निर्वाह गरेको भूमिकालाई सरकारले पहिचान गर्न नसकेको बताउनुभयो। कार्यक्रममा सञ्चार वचत सहकारी संस्थाका अध्यक्ष विष्णु निष्ठुरी, वरिष्ठ पत्रकार हरिहर विरही, राष्ट्रिय सहकारी बैंकका सरिता भट्टराई, सभासद शोभाकर पराजुली, संचार आयुक्त श्री आचार्यले संचारकर्मीहरुको आर्थिक अबस्थाको बारेमा चर्चा गरेका थिए।।

Total Pageviews