Sunday, September 5, 2010
यो साता सुनमा फरक फरक मूल्य, नेप्से परिसुचकमा गिरावट
यो साता बजारमा सुनचांदीको कुनैपनि आधिकारीक मुल्य आउन सकेन जसको परिणम स्वरुप बजारमा सुनचादीको मुल्यमा कुनै एकरुपता आएन सकेन। सुनचांदी सम्बन्धी सम्पूर्ण कार्य गर्ने उद्देस्य अनुरुप तिन वटै संघ नेपाल सुनचांदी व्यवसायी संघ, नेपाल रत्न तथा आभुषण संघ र नेपाल सुनचादी कला व्यवसायी संघ को सहमतिमा गठित सुनचांदी व्यवस्थापन संयन्त्रको बैठक मा कुनैपनि सहमति हुन नसकेका कारण यो समस्या देखा परेको हो।
संयन्त्रको बैठकमा थोरै आपुर्ति र त्यसले माग अनुरुप कोटा प्रणालीमा सुन वितरण गर्ने विषयमा समस्या उत्पन्न भएकाले बजारमा आधिकारीक मुल्य आउन नसेको संयन्त्रले जानाएकोे छ। नेपाली सुन बजारमा सातको सुरुको दिन आइतबार सुन प्रतितोला सैइतिस हाजर रहेको सुनको मुल्य साताको अन्तिम दिन शुक्रबार सम्म आइपुग्दा सैइतिस हजार चार सय रुपया पुगेको नेपाल सुनचांदी व्यवसायी संघले जनाएको छ। त्यस्तै साताको सुरुमा प्रति तोला छ सय रुपायामा कारोबार भएको चादीको मुल्य साताको अन्तिम दिन सम्म आइपुग्दा छ सय अठार पुगेको छ। अन्तराष्ट्रिय बजारमा पनि यो साता सुनको मुल्यमा वृद्धि भएको छ। साताको सुरुवातमा प्रति औस बार सय अठतिस दशमलव एक सुन्य डलर रहेक सुनको मुल्य साताको अन्तीम दिन शुक्रबार सम्म आइपुग्दा बार सय पचास दशमलव चार पाच डलरमा कारोबार भएको छ। चादीको मुल्यमा भने अन्तराष्ट्रिय बजारमा खासै पविर्तन देखिदैन। साताको सुरुवातमा उन्नाइस दशमलव एक एक डलरमा कारोबार भएको चांदीको मुल्य साताको अन्तिम दिन उन्नइस दशमलव पाच आठ डलरमा पुगेको छ। व्यवसायीहरुले बजारमा सुनचांदीको मुल्य बड्नुमा व्यवसायी संघहरुले आधिकारीक मुल्य दीन नसकेकोले माग अनुरुप सुनको मुल्य बडेको जनाएपनि सनुचादी व्यवसायीसंघहरु भने अन्तराष्ट्रिय स्तरमा नै सुनको मुल्य बडेकोले नेपाली बजारमा पनि सुनको मुल्य बडेको बताउछन्। यसरी चाडपर्व नजीकै आइरहदा बजारमा सुनको मुल्यमा एकरुपता कायम नहुदां उपभोत्कहरु प्रत्यक्ष मारमा परेका छन्।
गत साताको तुलनामा यो साता स्टक एक्सचेन्जमा कारोबार रकममा अठार दशमलव दुइ सुन्य प्रतिशतले वृद्धी भएको छ। साताको नेप्से परिसुचकमा भने पहिलो दिनको तुलनामा आठ दशमलव चार सात अकले कमी आइ साताको अन्तिम दिन चार सय बिस दशमलव चार छ अंकमा कारोबार भएको छ।