Friday, September 3, 2010

पार्टीको बाह्रौं महाधिवेशनमा मैत्रीपूर्ण प्रतिस्पर्धा हुने कांग्रेसका उपसभापति प्रकाशमान सिंहको भनाइ

नेपाली कांग्रेसका उपसभापति प्रकाशमान सिंहले पार्टीको बाह्रौं महाधिवेशनमा मैत्रीपूर्ण प्रतिस्पर्धा हुने बताउनुभएको छ। नयाँ नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने र आ–आफ्नो प्यानल बनाउने क्रम चलिरहेका बेला उपसभापति सिंहले महाधिवेशनमा हुने प्रतिस्पर्धाले नै पार्टीले बजबुद नेतृत्व पाउने र पार्टी बलियो हुने दाबी गर्नुभयो। महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नु भएका सिंहले प्रजातान्त्रिक पार्टीमा प्रतिस्पर्धा हुनु स्वभाविक रहेको बताउनुभयो। उपसभापति सिंहले असोज १ देखि पाँच गतेसम्म काठमाडौंमा सम्पन्न हुने कांग्रेसको बाह्रौं महाधिवेशनले आम कार्यकर्तामा नयाँ उत्साह जाग्ने बताउनुभयो।।

Total Pageviews