Friday, September 3, 2010

अनमिनलाई तत्काल फर्काउन नहुने बेलायती राजदूतको सुझाव

अन्मिनको भविष्य र राष्ट्रसंघीय महासभामा नेपालको उम्मेदवारीबारे कुटनीतिक छलफल गरिरहनुभएका प्रधानमन्त्री माधवकुमार नेपालले शुक्रबार पनि छलफललाई निरन्तरता दिनुभयो। प्रधानमन्त्री नेपालले शुक्रबार राष्ट्रसंघीय सुरक्षापरिषद्का दुई स्थायी सदस्य अमेरिका र बेलायतका र जपानका नेपालस्थित कुटनीतिक प्रमुखसँग छलफल गर्नुभयो। सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा प्रधानमन्त्री नेपालले अमेरिकी कार्यवहाक राजदूत प्याट्रेसिया मोहानी, बेलायती राजदूत जोन एन्थोनी टकनट र जपानी राजदूत तात्सुओ मिजुनोसँग छुट्टाछुट्टै छलफल गर्नुभएको थियो। भेटमा प्रधानमन्त्री नेपालले अन्मिनको म्यादका विषयमा राजदूतहरुसँग सुझाव माग्नुभएको थियो। प्रधानमन्त्रीसँगको भेटपछि बेलायती राजदूत टकनटले आफ्नो जिम्मेवारी पूरा नगरी अन्मिन फर्कन नहुने बताउनुभयो।

प्रधानमन्त्री नेपालले अन्मिनलाई दिइएको कार्यादेशको सान्दर्भिकता सकिएको भन्दै कार्यादेश परिवर्तन गरी अघि बढ्न सकिने जानकारी राजदूतहरुलाई दिनुभएको नेपालका विदेश मामिला सल्लाहकार राजन भट्टराईले बताउनुभयो। राष्ट्रसंघीय महासभामा अध्यक्षको उम्मेद्वारी घोषणा गरेको नेपालले आफ्ना उम्मेद्वार कुलचन्द्र गौतमलाई बिजय गराउन कुटनीतिक पहल गरिरहेको छ। यसअघि प्रधानमन्त्री नेपालले राष्ट्र संघीय सुरक्षा परिषद्का स्थायी सदस्य चीन र रुसका नेपालस्थित राजदूतसँग छलफल गरिसक्नु भएको छ।।

Total Pageviews