Wednesday, September 1, 2010
आज श्रीकृष्ण जन्माष्टमी, देशभरका कृष्ण मन्दिरहरुमा दर्शनार्थीहरुको विहानैदेखि घुँइचो
आज कृष्ण जन्माष्टमी। देशभरका कृष्ण मन्दिरहरुमा भगवान श्रीकृष्णको भजन किर्तनका साथ पूजा आराधना गर्दै कृष्ण जन्माष्टमी मनाइदैछ। भगवान विष्णुको आठौँ अवतार मानिने श्रीकृष्णको जन्म उत्तर भारतको मथुरामा मध्यराती अष्टमीका दिन भएको थियो। बासुदेव र देवकीको आठौ सन्तानको रुपमा श्रीकृष्णको जन्म भएको थियो। श्रीकृष्ण जन्मिएको रातलाई मोहरात्री पनि भनिन्छ। दुष्ट कंसको बध तथा महाभारतको युद्धमा सत्यबादी पाण्डबको पक्ष लिई कौरवको विनासमा सहयोग पुर्याएका कारण हिन्दु धर्मावलम्बी माझ श्रीकृष्ण प्रति विशेष श्रद्धा भक्ति रहेको छ। देशका विभिन्न कृष्ण मन्दिर लगायत पाटनको कृष्ण मन्दिरमा आज विहानै देखी दर्शनार्थीको ठूलो भीड लागिरहेको छ। पाटनस्थित कृष्ण मन्दिर नेपालका कृष्ण मन्दिर मध्ये धेरै भक्तजन आउने मन्दिर हो। मल्ल राजा सिद्धिनरसिंह मल्लले बनाएको कृष्ण मन्दिरमा अष्टमीको रात कृष्णको दर्शन गर्नका लागि आज विहानै देखी दर्शनार्थीको लाइन लागिसकेको छ।
