Tuesday, August 31, 2010

सोह्रौं एसियाली खेलकुदमा सहभागी हुने कराँते खेलाडीको छनौंटमा पुनः विवाद

चीनमा हुने सोह्रौं एसियाली खेलकुदको लागि कराँते तर्फको खेलाडी छनौटमा पुनः विवाद उत्पन्न भएको छ जसको कारण आज हुने भनिएको अन्तिम चरणको छनौट प्रतियोगिता पनि स्थगित भएको छ। सुरुवाती चरणदेखि नै महासंघका सबै संघलाई छनौटमा समावेश गर्नुपर्ने मागको कारण कराँतेका छनौट विवादमा फसेको थियो। आज भने एसियाली खेलकुदका लागि उमेर नपुगेका दुई खेलाडी दिवस श्रेष्ठ र मलिका थापाको कारण अर्काे विवाद उत्पन्न भएको हो। सुरुवाती दुवै चरणको खेल जित्दै यी दुई खेलाडी अन्तिम चरणमा प्रवेश गरेका थिए। तर अन्तिम चरणमा आएर कराँते महासंघले उमेरका कारण छनौटमा समावेश गर्न नचाहे पछि विवाद उत्पन्न भएको हो। छनौट खेल हुने कराँतेको केन्द्रीय डोजोमा खेलको सट्टामा महासंघका पदाधिकारी, प्रहरी र यी दुई खेलाडीको पक्षबीच हात हालाहालको स्थिति समेत भयो। बारम्वारको यस्तो विवादले गर्दा पदक जित्ने लक्ष्यसहित प्रशिक्षणमा रहेका खेलाडीहरुमा नराम्रो असर पर्ने देखिन्छ।।

Total Pageviews