Tuesday, August 31, 2010
इराकमा बाह्र जना नेपाली क्रुरतापूर्वक हत्या भएको दिनको रुपमा आज भदौं सोह्र
इराकमा बाह्र नेपालीको हत्या भएको दिन भदौ सोह्र गते, जुन दिनलाई कालो दिनको रुपमा स्मरण गरिन्छ। असुरक्षित मानिएको इराकमा अझै पनि गैरकानूनी रुपमा नेपालीहरु जाने क्रम रोकिएको छैन। बरु चालिस हजार भन्दा बढी नेपालीहरुको रोजगारीको सुरक्षाकालागि भनेर ती नेपालीहरुको प्रतिवन्ध भने फुकुवा गरेको छ।
२०६१ साल भदौं सोह्र गते इराक पुगेका बाह्र नेपालीको निर्ममतापूर्वक हत्या गरिएको थियो। त्यसयता लामो समयसम्म रोजगारीको लागि इराक पढाउन प्रतिवन्ध लगाइएपनि अवैध रुपमा इराक पुग्नेहरु धेरै छन्। र, यो क्रम अझै निरन्तर छ। इराक पुगेका नेपालीको सुरक्षाको प्रश्न निरन्तर उठिरहेको छ। किनकी अवैध रुपमा इराक पुगेकाको उद्धारमा सरकारी स्तरबाट कुनै पहल नहुने वैदेशिक रोजगार विभागको भनाइ छ।
पछिल्लो समय इराकमा रहेका नेपालीको रोजगारी बचाउकै लागि सरकारले प्रतिवन्ध फुकुवा गरेको छ। प्रतिवन्ध फुकुवा गरिदिएपनि अर्को व्यवस्था नभएसम्म इराक पठाउने इजाजत भने दिइएको छैन। यति हुँदाहुँदै पनि नेपालीहरु भारत र दुवहीको बाटो हुँदै जोखिमपूर्ण रुपमा इराक गइरहेका छन्। इराकमा १२ नेपालीको हत्या भएपछि काठमाडौं र देशभर गरी दुईसय पचास भन्दा बढी बैदेशिक रोजगार व्यवसायी संस्थामा आक्रमण भयो। जसका कारण झण्डै दुई अर्बभन्दा बढीको क्षति भएको अनुमान गरिएको थियो। सोही त्रासद दिनको स्मरणमा वैदेशिक रोजगार व्यवसायी हरेक वर्ष भदौं १६ लाई कालो दिनको रुपमा मनाइरहेका छन्।
सरकार र व्यवसायी दुवैले त्यो कालो दिनबाट पाठ सिकेर वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन अहिलेसम्म स्पष्ट नीति लिइसक्नुपर्थ्यो। तर, त्यसो हुन सकेको छैन। सन् २००९ र १० मा मात्र ३ सय ९१ नेपालीले बैदेशिक रोजगारीका क्रममा उतै ज्यान गुमाएका छन्। किन यति धेरै असुरक्षित छ हाम्रो बैदेशिक रोजगार व्यवसाय?
द्वन्द्वग्रस्त मुलुक इराकमा कति नेपाली पुगेका छन् भन्ने एकिन तथ्यांक छैन। अनौपचारिक तथ्याङक अनुसार झ48डै पचास हजार नेपाली अवैध रुपमा इराक पुगेका छन्। सरकारले गैर कानूनी रुपमा इराक जानेलाई न त रोक्न सकेको छ। न त पुगेकालाई सुरक्षित फर्काउने प्रयास नै गरेको छ।