Monday, August 30, 2010

हाम्बर्गमा तीज सम्पन्न

योगेन्द्रमिलन छन्त्याल
जर्मनी, भदौ १३
यहाँ रहेका नेपाली दिदीबहिनीहरुले शनिबार रातिबाट आइतबार बिहानसम्म रमाइलो गरेर तीज मनाएका छन् । रातो पहिरन र गरगहनामा सजिएका सयौ महिलाहरुको सहभागितामा दर खाने र नाचगान गरेर तीज मनाइएको छ । "कार्यक्रमस्थलमा पुग्ने जो कोहीलाई नेपालको कुनै ठाउँमा पुगेको आभास हुन्थ्यो । नेपाली महिलाहरु यतिका संख्यामा जुटेर नेपाली चाड मनाउनु अत्यन्त खुशीको कुर हो ।" एक सहभागीले सहयात्रासँग भनुभयो - "थुप्रै महिलालाई युरोपियन हावाले छोएको पनि देखियो । विशुद्ध नेपाली तीजका गीतहरु बजाएको भए राम्रो हुने थियो ।"
आयोजक मध्येका एकजना मीना कार्कीले तीज आउनुभन्दा १४ दिन अगाडि कार्यक्रमको आयोजना गर्नुमा सबैको तुलनात्मक रुपमा फुर्सदको समय मिलाएर आयोजना गर्दा यसो हुन गएको बताउँनुभयो । 'थुप्रै बालबालिकाहरुले कहिल्यै पनि नेपाल देखेका छैनन् र नेपाली संस्कृतिकाबारेमा थाहा पाउने अवसर पाउदैनन् । यस्ता कार्यक्रमको आयोजनाले संस्कृतिको संरक्षण र सम्वर्दनमा सहयोग पुग्छ भन्ने हामीलाई लाग्छ' कार्कीले कार्यक्रमको महत्वबारे प्रष्ट्याउनुभयो । कार्यक्रम फेदेलको इन्डष्ट्री स्ट्रास्सेको एक हलमा सम्पन्न भएको थियो ।

Total Pageviews