Friday, September 17, 2010

पूर्वी श्रीलंकाको बत्तीकोला सहरमा प्रहरीको हतियार कन्टेनरमा विष्फोट, कम्तिमा ६० जनाको मृत्यु

पूर्वी श्रीलंकको बाटिकालोआ शहरमा बारुद भरिएको कन्टेनरमा विष्फोटन हुँदा कम्तीमा साठी जनाको मृत्यु भएको छ। प्रहरी चौकी नजिकै विस्फोट भएकाले मृत्यु हुनेमा प्रहरकिो संख्या बढी रहेको अधिकारीहरुले जनाएका छन्। श्रीलंकाली सेनाका प्रवक्ताले विष्फोटक पदार्थ भरेर एउटा प्रहरी चौकी नजिकै राखिएको कन्टेनर असावधानीवस विष्फोट भएको बताएका छन्। मेजर जनरल उवाया मेदावालाले दुई वटा चिनियाँ निर्माण कम्पनीलाई प्रयोग गर्न अनुमति दिइएको विष्फोटक पदार्थ बोकेको कन्टेनर विष्फोटनमा परेको जानकारी पनि दिए। सुरक्षाका लागि प्रहरी स्टेसन नजिकै राखिएको कन्टेनरमा प्रहरीले हतियार राख्दै गर्दा विष्फोट भएको पनि सैन्य प्रवक्ताले बताएका छन्। मृत्यु हुनेमा दुई चिनिया ठेकेदार र बाँकी प्रहरी रहेको खबरमा उल्लेख छ।।

Total Pageviews