Friday, September 17, 2010

कैलाश मान सरोवर दर्शनका लागि गएका चौतीस भारतीय पर्यटक हुम्ला र तिब्बतको सिमाना हिल्सामा अलपत्र

कैलाश मानसरोवर दर्शनका लागि गएका ३४ जना भारतीय पर्यटक हुम्ला र तिब्बतको सिमानास्थित हिल्सामा अलपत्र परेका छन्। खराब मौसमका कारण हेलिकोप्टर जान नसकेपछि उनीहरु अलपत्र परेका हुन्। हुम्ला सदरमुकामबाट मानसरोवर करिब सात दिनको पैदल दुरीमा पर्छ। उनीहरु पाँच दिनदेखि स्थानीयवासीको शरणमा बस्दै आएका छन्। हुम्लाका प्रमुख जिल्ला अधिकारी राम उपाध्यायले भने पर्यटक सुरक्षित स्थानका रहेको र मौसम खुला हुने साथ हेलिकप्टरबाट उद्धार गरिने जानकारी दिनुभयो।।

Total Pageviews