Friday, September 17, 2010
जनकपुरमा थप एक मानव अबशेष फेला
जनकपुरमा एघार दिनदेखि जारी शव उत्खननका क्रममा थप एउटा मानव अबशेष फेला परेको छ। गोदार स्थित कमला नदीको किनारमा जारी शव उत्खननका क्रममा अवशेष फेला परेको हो। सात वर्षअघि जनकपुर नगरपालिका–४ बाट सुरक्षाकर्मीद्वारा बेपत्ता बनाइएका पाँच जना युवकको कंकाल खोजी कार्य जारी छ। अहिलेसम्म तीन वटा शवको पूर्ण कंकाल र एउटा शवको अवशेष फेला परेको छ। सव उत्खनन गरिरहेको राष्ट्रिय मानव अधिकार आयोगले कंकालसंग केही राउन्ड गोलीको खोका, कपडा फेला पारेको जनाएको छ।।