Friday, September 17, 2010
पश्चिम नेपाल बन्द
मुक्त कमैया समाजले आज पश्चिम नेपालका पाँच जिल्लामा चक्काजाम गरेको छ। विगतमा सरकारसंग भएको सहमति कार्यान्वयनका लागि दवाव दिन भन्दै समाजले आज चक्काजामको आह्वान गरेको हो। चक्काजाम आह्वानका कारण दाङ, वाँके, वर्दिया, कैलाली र कञ्चनपुरको जनजिवन प्रभावित वनेको छ। चक्काजामका कारण ती जिल्लाहरुमा आज विहानैदेखि यातायातका साधन चल्न सकेका छैनन्।
यद्यपी प्रेस, एम्वुलेन्स तथा अतिआवश्यक यातायातका साधनहरुलाई भने रोक नलगाईएको समाजले जनाएको छ। समाजले मुक्त कमैयाँ पुर्नस्थापना गर्नु पर्ने, लगत लिन छुटेका कमैयाको पुनः लगत संकलन गर्नुपर्ने लगायतका माग राख्दै आन्दालन सुरु गरेको हो। हिजो वेलुका मुक्त कमैया समाजले दाङका प्रमुख वजारहरुमा मसाल जुलुस समेत निकालेका थिए।।