Thursday, September 16, 2010
नागरिक अधिकारको रक्षा र माओवादीको अधिनायकवादका विरुद्ध संघर्षको घोषणा गर्नुपर्ने
नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रवक्ता अजुर्ननरसिंह केसीले नागरिक अधिकारको रक्षा र माओवादीको अधिनायकवादका विरुद्ध संघर्षको घोषणा गर्नुपर्ने बताउनुभएकेा छ। आज काठमाडौंमा आयोजित अन्तरर्क्रया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो। मुलुकमा पुर्ण लोकतन्त्र स्थापनाका लागि पनि आन्दोलन आवश्यक भएको उहाँको भनाई थियो।
उहाँले बाह्रौ महाधिवेशनपछि कांग्रेस अनुशासन र विचारका आधारमा एकीकृत हुने दावी गर्नुभयो। उहाँले पार्टीलाई व्यक्तिमुखिभन्दा नीतिमुखि बनाउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा राजनीतिक विश्लेषक सुरेन्द्र केसी, आनन्दसन्तोषि राई लगायतले कांग्रेसमा विचारको खडेरी रहेकेा बताउनुभयो। जनआन्दोलन घाइते यमुनादेवि श्रेष्ठ र अपाङ्ग मदनकृष्ण श्रेष्ठले सोही कार्यक्रममा आसन्न बार्हौं महाधिवेशनका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएकेा थियो।