Thursday, September 16, 2010

झाडापखालाबाट प्युठानको खवाङमा तीन जनाको मृत्यु, रोगका कारण पूरै गाउँ प्रभावित

प्युठानमा झाडापखालबाट तीन जनाको मृत्यु भएको छ। मृत्यु हुने जिल्लाको विकट गाउँ खवाङका रहेको बताइएको छ। यद्यपि उनीहरुको नाम खुल्न सकेको छैन। झाडापखालाबाट पूरै गाउँ प्रभावित भएको छ। स्वास्थ्यकर्मीको टोली सदरमुकाम खलङ्गाबाट प्रभावित गाउँका लागि हिँडे सो गाउँ विकट भएकाले पुग्न केही ढिला हुने जनाइएको छ। गाउँमा औषधिको समेत अभाव रहेको बताइएको छ। यसैबीच खाना खान नपाएर रौतहटमा एक बालकको मृत्यृ भएको छ। मृत्यु हुनेमा रौतहटको सरमुजवा गाउँ विकास समिति आठ बंकुल टोलका एक वर्षीय मुकुल भनिने राजाबाबु रहेको छिमेकीले बताएका छन्। बालकका बाबु रामएकवाल राय यादवको काम विशेषले भारत जाँदै गर्दा भारतीय सीमा सुरक्षा बल एस.एस.वि.को कुटाईबाट यादवको मृत्यु भएको थियो। त्यसपछि त्यो परिवारको विचल्ली भएको थियो ।

Total Pageviews