Saturday, September 18, 2010
लगातार वर्षापछि महाकाली नदीमा आएको बाढीका कारण कञ्चनपुरको भीमदत्त नगरपालिकाको भुजेला गाउँ फेरि डुवानमा
महाकाली नदीमा आएको बाढीका कारण कञ्चनपुरको भीमदत्त नगरपालिका–११ स्थित भुजेला गाउँ फेरि डुबानमा परेको छ। नदीमा बहाब बढेपछि नदीको पानी भुजेला गाउँ पस्दा २० घर डुबानमा परेका छन्। उनीहरु घर छाडेर सुरक्षित स्थान तर्फ जाने क्रम जारी रहेको गड्डाचौकी प्रहरीले जनाएको छ। महाकाली नदीमा पानीको बहाव यो बर्षकै उच्च भएको छ। प्रहरीले दिएको जानकारी अनुसार नदीमा पानीको बहाव ३ लाख ५३ हजार ६ सय ५४ क्युसेक पानी बगिरहेको छ।