Saturday, September 18, 2010

लडाकूको नियन्त्रणमा रहेका यूवाहरुको स्वास्थ्य अवस्था गम्भीर

सिन्धुलीको दुधौलीस्थित माओवादी लडाकूको शिविरमा राखिएका स्थानीय चार मध्ये तीन जना युवाको स्वास्थ्यस्थिति गम्भीर बन्दै गएको छ। चारदिन अघि लडाकूले कुटपिट गरी चार जनालाई नियन्त्रणमा लिएका थिए। लडाकूको नियन्त्रणमा रहेका यूवाहरुको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि तीनका अभिभावक र प्रहरीले समेत जिम्मा लिन मानेका छैनन्। लडाकूको कुटाईबाट टाउको, आंखा र छातीमा गम्भीर चोट लागेका स्थानीय टाँडी–९का यमबहादुर सुनुवार, शान्तिमान सुनुवार र अनिल सुनुवारलाई सुविधा सम्पन्न स्वास्थ्य संस्थामा उपचार गराउन स्थानीय स्वास्थ्यकर्मीले सुझाव दिएका छन्, तर, शिविर भित्रै रहेकाले थप उपचारको व्यवस्था मिलाउन नसकिएको ईलाका प्रहरी कार्यालय दुधौलीले जनाएको छ।।

Total Pageviews