Wednesday, September 22, 2010
धादिङको ढोला गाविस दुईमा आमा छोरीको हत्या, हत्याराको पहिचान हुन बाँकी, खोजी तीब्र
धादिङको ढोला गाविस वडा नम्बर दुई पोखरी गाउँमा आमा छोरीको रहस्यमय हत्या भएको छ। अज्ञात समूहको धारिलो हतियार प्रहारबाट पैतिस वर्षीया आमा निरमाया पुलामी र उनकी दश वर्षीया छोरी अनुपा पुलामीको हत्या भएको हो। हत्याराको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घटनामा परी निरमायाका एक वर्षीय शिशु पनि घाइते भएका छन्। निरमायाका पति बैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर रहेको बताइएको छ।